Man by nature is a selfish animal

Just another WordPress.com weblog

Lolas, Media and Rights ( by shashikala rai)

Posted by sseema on November 8, 2009

By the time Holi will hit Ktm,I won’t be around! Thank God! Here’s a write up about it that i have to share.
Media persons are supposed to vicariously speak for general people. I had once smsed an FM show “Jump start” to speak on how kathmanduites trouble girls by hitting lolas a month before actual Holi. But I was taken aback, instead of calling it a nuisance and requesting for its eradication, the male presenter remarked that it was a norm that he too follows religiously and nothing can be done. I was even more flagrant when I heard an FM show “Voice of Nepal” in which advocacy for human rights abounds and a message of zero tolerance is given. The same presenter professed adherence to human rights, their protection and proper conviction to perpetrators. Does violation of rights occur only when it is related to political issues like decade long insurgency? Isn’t it a right, not to be physically assaulted by lolas? The pleasure of hitting lolas costs at the extreme impairment of sight and hearing and mostly unexpected pain. Be it a gruesome murder by Nepal army or Maoists, verbal abuse at workplace or innocent girls hit by men with lolas. A right is a right and violation occurs no matter who does it.
Mr. presenter, since it will take a couple of more years to indemnify the victims of insurgency, why don’t we try protecting rights that have eluded your thoughts, for start like discouraging social nuisance?
AN ARTICLE BY
SHASHI KALA RAI

 

Posted in guest wtriters | 1 Comment »

YOUR EYES

Posted by sseema on November 8, 2009

Dark black your eyes,
Makes me fall in them.
I’m drawn,
Every moment i gaze them.

Alluring eyes when
Enclose my image,
Invade my heart.
As it captures me,
slowly & slowly
I keep sinking and,
I wish i never
Come out of them.

Intoxicated deeply, madly me;
Your eyes and my consciousness,
Reciprocate eachother
Very strongly.
As Your eyes draw me,
I get unconscious.

Oh me, deeply drawn in you;
Deep inside your eyes,
My shadows there,
searching its way to your heart.

Can you lead me ???

 

Posted in Blogroll | Leave a Comment »

ek saanjha , ek Aavash…….

Posted by sseema on March 31, 2009

kathmandu ko mausam nikai ramailo bhairako chha aaja bholi  tyo pani yesto kaam nabhayera samay bitaunai garho pariraheko belama.  diuso jati nai charkera ghaam lage pani sanjha ma aakash sunaulo ani feri kaalo hudai paani darkeko herna ta khub majja aauchha  malai tyo pani dherai yaad haru ani dherai kalpana haru liyera man ma……

uff dherai sajha haru yestari nai tolayera nai bite hola  kunai kaam bina ani kunai artha bina. ramailo saajha ani ramailo mann.  kahile paani ma rujhu rujhu lagne ani kahile barandah ma eklai eklai ghumau lagne panee ko dhun sanagi afnai swoor ma geet gayera.  aru kasile mero geet sune wa ma nache ko here bhane aankha ani kaan dubai thulan tara ma aafulai bhane tesko parwah nai thiyena……hijo ko saanjha aakash nai sunaulo bhai pani pareko thiyo ra pani sanagi mero man ma pani testai bhelharu aaye samjhana ka………..

 ma ta makhha thiye pani ko dhunma rujhdai eklai ekalai gungunaudai , hos nai bhayena ma ta majja le rujhechhu. purai bhijechha sarira . tara ma yi sabai yethartha dekhi tandha bhinnai ek sansaar ma jaha ma ani merra bhawana haru anai bhawana ma u . basi yeti nai ………….

ekai chhin pachhi mahasus gare bharkhara matra rugha khoki ;lagera hairan bhayeko ma , hatar garera bhitra chhire ani  towel liyera kapal puchhe. dress change gare ani tato tato soup liyera  tV herna lage . man bhane ajkhai udi raheko thiyo ajhai . panee le bhijeko maato ko sugada sanagi ma pani usako aavashma ramayera sugandhit bhairaheki thiye  kunai beli ani chameli ko phool jhai sugandhit .  uff yo aabhasha ani tyo man ko chahana kati gare pani  snagai bhiadine. tadha ani najik ko simana lai naghera yo soch le afnai dayara ani afnai sansaar banaune raichha . jaha doori bhanne sabada kahi paina maile . uh ha paina……

ma aafai bhitra haraye . bibhinna artha ani afna kura haru aafai lai bujhauna thale. dherai pachhi mahasus bhayo jindagi ma ahh yo kati ramailo raichha. din bhari ko bheed bata tandha ani prakriti ko saip ma ma , paani pareko tyo sanjha , mera bhawana ani aankha samu ka uska tasbir haru…………..

khai k lekhu ra aba afulai byakta garne kunai sadhan kunai sabdha ani kehi kehi nai po paina maile………….

ani bas malai kantipur fm ma dine euta programme jo ma pahila pahila dherai sunthe tehi programme ko title bhanna man lagyo ………..

YO MAAYAA BHANNE CHIJAI YESTAI HO>>>>>>>>>>>>>

Posted in diary | 8 Comments »

कहिले पुरा होलान् रहर????????/

Posted by sseema on February 5, 2009

हिम नदीहरु बडिरहुन
तराइका फाँट चुम्न
ग्रीष्मकालिन खडेरिमा
तराइको प्याँस मेट्न

धानका गेडा उक्लिन सिकुन्
शिखरलाई हेर्न
भोकमरिले छटपटी रहेको
हिमालको पेट भर्न

पहाड माध्यम बनिरहोस्
हिमाल तराइ एकै पार्ने
कहिले पुरा होलान् रहर
नटुटेको देश हेर्ने???????????

Posted in poem | 4 Comments »

एक कथा हाम्रो पनि।।।।।।।।।।।।।।।।

Posted by sseema on February 5, 2009

हात थर थर कापिरहेको अनी पुअरै शरीर लुग्लुग भैरहेको थियो निलान्जना को डरले त paपक्कैkai हैन, तर  एउटा अचम्मको आभाशले  . जुन आभशले छिनमै उन्लाई न्यानो अनुभुती दिलाउदथ्यो त chinamai तुशारो परेको जस्तो जाडो को। छीनमै केही पाअएको जस्तो maanau सर्वस्वोनै उसैको भएको जस्तो,मानौ ऊ एुटी परी जस्ती हो त्यो सुन्दर परी जस्ती अनी आकाश को त्यो उज्यालो जुनेली जस्ती . अनी फेरि  पल्भरमै केही गुमाउने हो कि भन्ने आभाशले ऊ फेरि डराउथि अनी त्यो न्यानो पनाको आभाश खै कती खेर चिसो मुटु बिझाउने भैदिन्छ अनी उनी फेरि आफु जुन हैन भिखारी अनी लाचार भएको आभश गर्छिन ………..

    आभाश अनी अनुभुती, कस्तो अच्चम्म।भीड मा पनि एक्लै भयझै डराउछिन उनी अनी फेरि कहिले काही एकान्तमा नि कसैको साथ को अनुभुती भएरनै त होला एक्लै एक्लै मुस्कुराउछिन उनी। मलाई त घरि घरि लाग्छ ke उनी  बहुलाएकी त छैनन। के बेर यस्तै ताल हो भने। उनलाई मा कदापि बहुलाउन त दिने छैन, म हतारियर उनी नजिकै पुग्छु , नीलु k भयो ? एकान्तमै रमाउने तिम्रो चाल ले तिमीलाई कतै………मा बोल्दाइ गए…
   उजेली मेरो पाउँको पाउजु हेर कस्तो मधूर ध्वोनि दिछ म हिड्दा, सुन ल, ऊ नाच्छे एक्लै फेरि gungunaaudai. म baahirabaTa मान्छे छिर्ने डरले ढोका बन्द गर्छु।सुन्यौ हैन? मेरो आँखा हेर अब, ऊ एकोहोरो म तिर हेर्छे . उसको आँखामा अजीब चाहक थियो, शान्त शान्त झै तर केही छाल उठ्न खोजेको जस्तो केही बोल्न आँटेको जस्तो, तर के? मैले भने बुझ्न सकिरहेकै थीयिन उनको आँखाको भाषा।ुनको बोलाइमा अनी बानी मा पनि भिन्नै परिवर्तन आएको जस्तो।हिजो संगै आँगनी मा खेलेका हामी ,, आज उनी म भन्दा nikai परिपक्क अनी निकै ठुलि भएकी जस्तो लगिरहेको थियो। तर एस्तो के हो जसले एकै दिनमा बर्षाउ बर्षाअको अन्तर गराइदियो निलान्जना अनी उजेलिमा????????।
  नीलु त किन एस्तो भएको , के भएको यस्तो म अतालिन लागे।।तिमी सम्झिन्नौ उजेली ,अहिले पछि आँफै थाहा पाउनेछौ , ब्यक्त गरेर म मेरो अनुभुती बताउनै सक्दिन अनी तिमी बुझ्न पनि। एउटा अजीब हलचल थियो उनको लवजमा।ेक्छिन त रिश उठ्यो उनी देखी नभनेकोमा उनले आफ्ना कुराहरु ani जब बोल्न लागिन् म अक्क न बक्क परे, केही नबुझेर होला वाल्ल परेर उनलाई हेर्न थाले। Unउनी भन्दै थीयिन् त्यो नीलो आकाश हेर त कस्तो शान्त छ, कस्तो रमिलओ हुदो हो है उडेर त्यहाँ पुग्न पाए…। खै के भन्दै थीयिन् त्यो जाबो आकाशलाइ पनि, न कुनै महल छ न कुनै दरबार फेरि कस्तो रमाइलो लागेको उनलाई। मलाई त कुरै सुन्दा अब अझ नबुझूला झै लागो , उनी खै के के भन्दै थीयिन, म जुरुक्क उठेर ढोका खोल्न पुगे अल्छि लागेर। बाहिरिननै लागेकी थिए म ,नीलु ले मधूर ध्वोनि मा भनिन उजेली मैले भनेकै थिए तिमी बुझ्दिनौ। हो तिमी बुझ्छौ त्यो दिन जब तिमीले सारा संसार मा कुनै एक ब्यक्तिको आँखा पढ्न पुग्छौ। त्यो बेला मा तिमीले आँफै आँखाको भाषा बुझ्नेछौ।मैले फेरि केही बुझ्ने कुरै भएन , बोली बुझ्न त गार्हो आँखा कसरी बुझ्ने हो??????????
  Nilaanjanaa आज शायद तेही निलो आकाशअको स्वप्नील बगैंचामै मस्त घुम्दैइ होलिन कसैलाई कुर्दै अनी फेरि तेही पर्खाइको आभाश अनी कोही नहुँदा पनि कोही भएझै को अनुभूतिमा नाच्दै रम्दै अनी कहिले डराउदै।णिलु आज भाइदिएकि भए मात्र पनि म उनलाई मेरो आँखा हरु देखाउथे अनी भन्थे निलु मैले आँखाले हेरेर आँखा पढ्न सिके, timतिमीलेle भनेको जस्तै एक जोर आँखा पढन सिके अारु नभय पनि ।ुरठलाग्दो मरूभुमिमा पनि कुनै सुन्दर जीवनको कल्पना आउन थाल्दो रैछा, नाक छुने उकालो पनि सहजै एकै छीनमा काट्न सक्छु जस्तो लाग्दो राइछ है नीलु? एीना हेरेर एक्लै एक्लै मुस्कुराउने तिम्रो बानी मैले पनि सिकेछु नचाहदा नचाहदै।लाग्छ ती एक्जोर आँखा हरु मेरो सामु आएपछी मेरै रूपमा टक्क अडिउन, पूर्णता तिनले त्यही नै पाउन। ति नजरहरु ekaएकै छीन पनि आफ्नो नजरबाट  हटेर कतै पुग्ने त हैन? कस्तो डाह हुने रैछ नि नीलु, यो त तिमीले पनि भनिनौ। सबै कुरा बुझ्दा बुझ्दै  पनि नबुझेझै बाहान गरिने चाला . अनी मायालु  त्यो ओठ को स्पर्श , लाजले रातो भाईदिएका गालाहरु, अजीब अनुभुतिले कापेको त्यो आङ।  पराइलाई पनि आफ्नै बनाइदिने कस्तो नयाँ महसुस । मलाई त तिमीले सम्झाइनौ नि नीलु। तर तिम्रा परेली भित्र को गहिरो त्यो सागर म तिम्री सखी उजेली अब त बुझ्न सक्ने भएकी छु।।।

क्रमश:
 
 

                                                                                                        

Posted in Uncategorized | 4 Comments »

Posted by sseema on February 5, 2009

लटरम्मै झुलेका धानका बालाका लहरहरु
 गिट्टी बालुवाले सजिएका खोलाका बगरहरु
सुसेली हाल्दै गाउँदै हिंड्ने ती नहरहरु
 अनी जुधिने मायालु कर्के नजरहरु
 
 क्षितिज चुम्ने धरतिका हरिया फाँटहरु
 उमंगले भरिएका मीठा मीठा बातहारु
 प्रतिक्ष्याmai काटिएका कठ्याङ्रीने रातहरु
 आशासँगै जुटेका मनका फुट्दा बाँधहरु
 
 थकाई भूलाउने घिन्ताङका तालहरु
 मनमै उर्ली आउने मायाका ती छालहरु
 वेगसँग अघी बढ्दो हिडाइका चालहरु
 देशका लागि जुटी लड्ने नेपाली ती लालहरु
 
 दु:ख पर्दा कसैलाई सँघाउने हातहरु
 मन्दिर मस्जित एकै सम्झी झुक्ने ती माथाहरु
 बैरी छिर्दा एक भै छेक्ने बलिया काधहरु
 आफ्नै सम्झी सबैलाई दीने ती साथहरु
 
 हरायएछ क्यारे आज सबै यी परिबेश
 खोज्छ आज नजर पनि नटुक्रिएको  सिङ्गो देश
 खोज्छ आज आत्मा पनि नटुक्रिएको नै भेश
 एउटै मालमा उनिएका बिभिन्न  ती  फूल झै
 एउटै सुत्रमा बँधिएका जाती धर्म आज खै
 हराएछ क्यारे आज सबै यो परिबेश
 खोज्छ आज नजर पनि नफुटेको  सिङ्गो देश
                                               

Posted in poem | Leave a Comment »

लाश अनी साँसको महायुध्द

Posted by sseema on February 5, 2009

कात्रो वित्र लाश
कात्रो बाहिर साँस
लाश अनी साँसको
कत्रो ठुलो महायुध्द 
मुक्त  छ लाश  
भुक्त छ साँस
साँसमा प्रत्एक साँसको आश छ
लाश देखी प्रत्एक साँस निराश छ    

साँसको अन्त्य लाश
लाशको पछ्यौटे बिनाश
अनी बिनाश पछि बिहान
बिहान संगै फेरि त्यो कालारात्र

साँस साँस सँग डराउछ
साँस लाश सँग नि डराउछ
जब कात्रो ओड्छ
साँस र लाश भिन्न कँहा रहन्छर?

Posted in poem | Leave a Comment »

chiya ki amreet………

Posted by sseema on November 16, 2008

तप्प तप्प चुहियका
पानीका ति प्रहर,
टक्क टक्क निहारिरहेको
अटल हिमगिरिको लहर,
अनि धप्प धप्प बलेको
गुरुङ्नी दिदिको मुहार।

पधेंरो मुन्तिरको
त्यो चिया पसल,
भन्ज्यङ् उक्लदाको
त्यो मीथो थकाइ,
अनि त्यसमा
गुरुङ्नी दिदिको
त्यो कुरा बुनाइ।

पर्बतमलाले हम्किएको
मीठो चिसो बतास,
अनि त्यसमा
सेता हिउँले छोपेको त्यो चौर,
अनि अगेनाछेउको
पिरामा बसि
जाडोले कठ्याङ्गृयका हात्केला सेक्दै,
तिमिले अनि मैले,
एक अर्कलाइ हेर्दै
गुरुङ्नी दिदि सगै
बात मार्दै ,
पिएको त्यो चियाको घुट्को
के त्यो अ्म्रीत भन्दा कम थियो र?
 

Posted in poem | Leave a Comment »

एस्तो पनि संसार हुदों रैछ

Posted by sseema on August 25, 2008

आमा हेर त ,
याँहा त चरिहरु स्वतंत्र भै उडदा रैछन
खै आमा गुलेली लिएका शिकारी याहा आउदैनन र??
हेर त आमा ,
याहा त दाजू भाई अनि दीदी बहिनी मिलेर काम गर्दा रैछन
खै त आमा याहा झगडा र युध्द हुदैनन र?
कस्तो अनौठो संसार यो,
पल भर पनि मैले बारूद को आवाज सुनिन
आमा हेर त,
याहा त राती पनि मानिश डर नामानी हिड्दा रैछन?
खै आमा मानिश किन स्वार्थी नभएका होलान याहा?
खै किन आमा याहा शान्ति मात्र छाएको होला.?
हेर त आमा ,
एस्तो पनि संसार हुदों रैछ,
आकाश त हाम्रो घरबाट देखीए झै याहा पनि निलै छ ,
पानी ता हामीले पिएको जस्तै छ यहाँ पनि
घास हरु हरिया नै त छन,
सबै कुरा उस्तै नै त छन आमा ,
तर किन आमा याहा कलह नभएको ?
के याहा का मानिशलाई शातिशाली हुन मन छैन?
अनि किन त येसरि एकसूत्र मा बाँधियर बसेका?
आमा हेर त ,
हेर त कस्तो मिठो अनुभब हुन्छ याहा
मन कति निर्धक्क छ याहा,
सबै मानिश मुर्ख हुन त आमा याहा का?
नभए खै त सत्ता को निम्ति लडेका?.
हेर त आमा एस्तो पनी संसार हदों रैछ………………
 

 

Posted in Blogroll | Tagged: | 4 Comments »

kina chhou chhou lagyo

Posted by sseema on August 24, 2008

आकाश पारी को त्यों गाउँ छोऊ छोऊ झै लाग्यो
चरी संगै उडदै उडदै तिमी छेउ आऊ लाग्यो
पलभरको मिलनलाई मुटुमै संगालेकी छू
तिम्रो सामू आई सबै भाव पोखु पोखु लाग्यो
आकाश पारी को त्यों गाऊ किन छोऊ छोऊ लाग्यो?

चंद्ररश्मिको उजेलीमा तिम्रो मुहर हेरू लाग्यो
झरना संगै बग्दै बग्दै तिमीलाई नै छोऊ लाग्यो
साचेर राखेकी छु हजूरकै माया याहाँ
खोल्नलाई मनको गाठो तिमी नजिक आऊ लाग्यो
आकशपारी को त्यों गाउँ किन छोऊ छोऊ लाग्यो ?

पाना भरी तिम्रै लागि पत्र कोरु कोरु लाग्यो
नानीभै तिम्रै आखा भित्र बसु बसु लाग्यो
प्रतिक्ष्यामा छु म तिम्रै नै त याहाँ
तिम्रो अधरमा शिर लुकाई किन रोऊ रोऊ लाग्यो
आकाश पारी को त्यों गाउँ किन छोऊ छोऊ लाग्यो?

Posted in poem | Tagged: | 1 Comment »