Man by nature is a selfish animal

Just another WordPress.com weblog

Archive for November, 2008

chiya ki amreet………

Posted by sseema on November 16, 2008

तप्प तप्प चुहियका
पानीका ति प्रहर,
टक्क टक्क निहारिरहेको
अटल हिमगिरिको लहर,
अनि धप्प धप्प बलेको
गुरुङ्नी दिदिको मुहार।

पधेंरो मुन्तिरको
त्यो चिया पसल,
भन्ज्यङ् उक्लदाको
त्यो मीथो थकाइ,
अनि त्यसमा
गुरुङ्नी दिदिको
त्यो कुरा बुनाइ।

पर्बतमलाले हम्किएको
मीठो चिसो बतास,
अनि त्यसमा
सेता हिउँले छोपेको त्यो चौर,
अनि अगेनाछेउको
पिरामा बसि
जाडोले कठ्याङ्गृयका हात्केला सेक्दै,
तिमिले अनि मैले,
एक अर्कलाइ हेर्दै
गुरुङ्नी दिदि सगै
बात मार्दै ,
पिएको त्यो चियाको घुट्को
के त्यो अ्म्रीत भन्दा कम थियो र?
 

Posted in poem | Leave a Comment »