Posted by sseema on February 5, 2009
कात्रो वित्र लाश
कात्रो बाहिर साँस
लाश अनी साँसको
कत्रो ठुलो महायुध्द
मुक्त छ लाश
भुक्त छ साँस
साँसमा प्रत्एक साँसको आश छ
लाश देखी प्रत्एक साँस निराश छ
साँसको अन्त्य लाश
लाशको पछ्यौटे बिनाश
अनी बिनाश पछि बिहान
बिहान संगै फेरि त्यो कालारात्र
साँस साँस सँग डराउछ
साँस लाश सँग नि डराउछ
जब कात्रो ओड्छ
साँस र लाश भिन्न कँहा रहन्छर?
This entry was posted on February 5, 2009 at 8:28 am and is filed under poem.
You can follow any responses to this entry through the RSS 2.0 feed.
You can leave a response, or trackback from your own site.